'एभेन्जर ४' को ट्रेलर सार्वजनिक - Naya Patrika
eNaya Patrika
  • ePaper

‘एभेन्जर ४’ को ट्रेलर सार्वजनिक

हलिउड फिल्म ‘एभेन्जर ४’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । एभेन्जरको यस संस्करणलाई ‘एभेन्जर एण्डगेम’ भनिएको छ । ट्रेलर ‘यू ट्यूब’मार्फत सार्वजनिक गरिएको हो ।

मार्भेल इन्टरटेन्मेन्टले यू ट्युब च्यानलमा राखेकाे ट्रेलर एक घण्टाकाे अवधिमा चार लाख ६१ हजार पटक हेरिसकिएकाे छ । ‘मार्भेल सिनेम्याटिक युनिभर्स’ले आफ्नो दशौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेकाे हो ।

फिल्म अागामी ३ मे २०१९ मा रिलिज हुने भनिएको छ । फिल्मको निर्देशन एन्थोनी र जो रुसोले गरेका हुन् । फिल्मको सुटिङ १० अगस्ट २०१७ देखि सुरू गरिएकाे थियाे । फिल्मलाई ‘आइम्याक्स डिजिटल क्यामेरा’ले छायाँकन गरिएको छ ।

तपाईको प्रतिक्रिया