सरकारको गतिविधि संघीयताको मर्म विपरित : कांग्रेस प्रवक्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

सरकारको गतिविधि संघीयताको मर्म विपरित : कांग्रेस प्रवक्ता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले सरकार संघीयताको मर्म विपरित चलिरहेको निष्कर्ष निकालेको हो ।

फाइल फाेटाे

प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र रहेको झापाको गौरादह नगरपालिकामा प्रमुखलाई काम गर्न रोकेर उपप्रमुखलाई जिम्मेवारी दिएपछि सरकारले संघीयताकाे मर्म विपरित काम गरेकाे पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।

बैठकमा कांग्रेस नेताहरुले केन्द्रीय समितिमा पेश गरेको विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेका छन् । आइतबारको केन्द्रीय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ । 

तपाईको प्रतिक्रिया