चितवन र टेन्सबर्गबीच सम्झौता - Naya Patrika
eNaya Patrika
  • ePaper

चितवन र टेन्सबर्गबीच सम्झौता

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सहभागी चितवन टाइगर्सले टेन्सबर्ग बियरको साथ पाएको छ । प्रतियोगिता सुरु हुनु एक दिनअघि टेन्सबर्गले चितवनलाई प्रायोजकका रूपमा सहयोग गर्ने जनाएको छ । चितवन र टेन्सब्र्गबीच बिहीबार एक कार्यक्रमबीच सम्झौता भएको छ । दुवै पक्षले प्रायोजन रकमबारे केही खुलाएका छैनन् ।

रोेर रोर चितवन
‘इपिएलमा सहभागी चितवनसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ,’ टेन्सबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कार्यक्रममा चितवनका कप्तान पृथु बास्कोटा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र आयरल्यान्डका पल स्टर्लिङ उपस्थित थिए । उत्कृष्ट खेलाडीहरूको साथ ‘रोर रोर चितवन टाइगर्स’को नाराका साथ चितवनले इपिएलमा सहभागिता जनाउने छ । नेपालमा क्रिकेट खेलको विकासमा सहयोग गर्ने उद्देश्यका साथ चितवनसँग सहकार्य गरेको टेन्सबर्गले जनाएको छ । चितवनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कमल ललितपुर पेट्रियट्समा
इपिएलमा सहभागी ललितपुर पेट्रियट्सले नव प्रतिभाशाली खेलाडीका रूपमा १८ वर्षीय कमल खत्रीलाई छनोट गरेको छ । ट्यालेन्ट हन्ट कार्यक्रमबाट कमललाई टोलीमा समावेश गरिएको पेट्रियट्सले जनाएको छ । अलराउन्डर भूमिका निर्वाह गर्न सक्ने कमल बायाँहाते ब्याट्सम्यान हुन् । बायाँहाते मध्यम गतिका बलर कमल ट्यालेन्ट हन्टमा उत्कृष्ट युवा खेलाडी घोषित भएको पेट्रियट्सका जनसम्पर्क विभागका आदर्श पोखरेलले जानकारी दिएका छन् ।

प्रतियोगिताका लागि १२ मंसिरमा पहिलो चरणकोे ट्यालेन्ट हन्ट भएको थियो । पहिलो चरणमा दुई सय ६ युवा खेलाडीले भाग लिएका थिए । पहिलो चरणका उत्कृष्ट १८ खेलाडी दोस्रो चरणका लागि छानिए । सानेपास्थित काठमाडौं क्रिकेट टे«निङ सेन्टरमा भएको छनोट चरणमा प्रशिक्षक राजु बस्नेत तथा कप्तान ज्ञानेन्द्र मल्लको निरीक्षणमा खेलाडी छानिएको हो ।

ट्रफी सार्वजनिक
दोस्रो संस्करणको इपिएलको ट्रफी एक कार्यक्रमबीच सार्वजनिक भएको छ । सहभागी ६ टोलीका मार्की र कप्तान खेलाडीबीच ट्रफी सार्वजनिक भएको हो । सहभागी कप्तानहरूले प्रतियोगितामा आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । इपिएल २२ मंसिरदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया