यासिरको छिटो २ सय विकेट - Naya Patrika
eNaya Patrika
  • ePaper

यासिरको छिटो २ सय विकेट

पाकिस्तानका लेग स्पिनर यासिर साहले टेस्ट क्रिकेट इतिहासमै छिटो २ सय विकेट लिने बलर बनेका छन् । यासरले ८६ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् ।

सन् १९३६ मा अस्ट्रेलियाका लेग स्पिनर कारिए ग्रिमेन्टले ३६ टेस्टमा २ सय विकेट लिएको रेकर्ड बनाएका थिए । यासिरले २ सय विकेटको सफलता हात पार्दा केवल ३३ टेस्ट खेलेका छन् । यासिरले ५० तथा सय विकेटमा पनि रेकर्ड राखेका छन् ।

उनले ५० विकेट केवल ९ टेस्ट खेल्दै हात पारेका थिए । यसैगरी सय विकेटको सफलता चुम्न उनले १७ टेस्ट खेले । तेस्रो तथा अन्तिम टेस्टमा यासिरको उत्कृष्ट प्रदर्शनबाबजुद न्युजिल्यान्डले पाकिस्तानविरुद्ध १ सय ९८ रनको अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया