चलेका पुरुष हेयर स्टाइल - Naya Patrika
eNaya Patrika
  • ePaper

चलेका पुरुष हेयर स्टाइल

कामेश्वर अनामनगर सैलुन

फेसनेबल पुरुषले सोचिरहने एउटा विषय हो, हेयर स्टाइल । कस्तो फेसका लागि कस्तो हेयर स्टाइल सुहाउँछ भन्नेबारे पनि धेरै अन्योलमा हुन्छन् । त्यसैले यहाँ पुरुषको हेयर स्टाइलका विषयमा चर्चा गरिएको छ :

-ब्याग्स हेयर कट

ब्याग्स अर्थात् फ्रिन्ज निकै फेसनमा छ । विशेषगरी, कलेजका विद्यार्थीले यस्तो कटलाई बढी मन पराउँछन् । यसले क्लासिक लुक्स दिन्छ । एक साइडमा छोटो ट्रिम गरेर साइडमा लामो राख्नेलाई ब्याग्स हेयर कट भनिन्छ । यस्तो हेयर स्टाइल पातलो र क्युट अनुहार भएकालाई सुहाउँछ । स्ट्रेट र साइनी कपाल भएकालाई पनि निकै म्याच गर्छ ।

-अन्डर कट पोनी हेयर स्टाइल

यो कटमा दुवै साइडको कपाल राम्रोसँग ट्रिम गरिन्छ । बीच भागको कपाल अलि लामो हुन्छ । यस्तो कट युवापुस्ताको रोजाइमा छ ।

-काम्ब ओभर फेड हेयर कट

यस्तो हेयर स्टाइल स्ट्रेट र कर्ली दुवै प्रकारको कपाल भएकालाई सुहाउँछ । यसमा अन्डर कट गरिएको हुन्छ । बीच भागको कपाललाई पनि थोरै छोटो बनाइन्छ । बाक्लो कपाल हुनेहरूका लागि यो उपयोगी हुन्छ ।

– डापर हेयर कट

दुवै साइडको कपाललाई छोटो बनाउने कट सामान्य हो । यसलाई थोरै परिवर्तन गरेर क्लासिक वा स्टाइलिस लुक्स दिइन्छ । यसलाई अन्डर कट गरेर दोस्रो साइडमा हल्का लामो बनाइन्छ । यसले पर्फेक्ट लुक्स दिन सहज हुन्छ ।

-मेन्स हेयर कट

पछिल्लो समय यस्तो हेयर कट पनि निकै प्रचलनमा छ । युवाहरूले यसको बढी प्रयोग गर्छन् । यसमा कपाल ट्रिम गरेपछि फरक लुक्स दिइन्छ । हिन्दी फिल्म गजनीको नायकबाट प्रभावित भएर धेरै युवाले यस्तो लुक्स दिने गरेको पाइन्छ ।

-मोडर्न हेयर कट

यस्तो कटमा अगाडिको कपालमा बढी प्राथमिकता दिइन्छ । यसलाई हेयर स्टाइल प्रडक्टको मद्दतले थोरै हेभी पनि देखाइन्छ । र, अरू सबै कपाल छोटो पारिन्छ । यस्तो स्टाइल युवा वा उमेर पुगिसकेकालाई पनि सुहाउँछ ।

तपाईको प्रतिक्रिया