गीतहरूको संग्रह ‘म बिर्सूं कसोरी’ सार्वजनिक - Naya Patrika
eNaya Patrika
  • ePaper

गीतहरूको संग्रह ‘म बिर्सूं कसोरी’ सार्वजनिक

 दिनेश अधिकारीको गीतहरूको संग्रह ‘म बिर्सूं कसोरी’ सार्वजनिक भएको छ । सर्वनाम थिएटरमा भएको कार्यक्रममा गीतकार यादव खरेल, किरण खरेल, संगीतकार दीपक जंगम, संगीतकार तथा अधिवक्ता डा. भीमार्जुन आचार्य र गायिका कुन्ती मोक्तानले पुस्तक विमोचन गरेका हुन् ।

विमोचनपछि वरिष्ठ गीतकार यादव खरेलले दिनेशका गीत लामो समय बाँचिरहने बताए । उनका गीतमा ५० भन्दा बढी संगीतकारले संगीत भरेको र झन्डै सयजनाले गाइसकेको खरेलले जानकारी दिए ।

संगीतकार दीपक जंगमले दिनेशका गीतले साढे चार दशकअघिदेखि नै श्रोतालाई मुग्ध बनाएको बताए । डा. भीमार्जुन आचार्यले दिनेश हरेक प्रकारका गीत लेख्न सक्ने खुबीका लेखक भएको भन्दै प्रशंसा गरे । दिनेशले गीत पनि आफ्ना लागि कवितै भएको बताए ।

कार्यक्रममा गायिका कुन्ती मोक्तानले दिनेशले लेखेका तीनवटा गीत गाएकी थिइन् । सो पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ५८ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया