कुष्ठरोगकाे चेतना वृद्धिमा अायाेजना गरेकाे राष्ट्रव्यापी कविता प्रदर्शनमा सुदर्शन प्रथम - Naya Patrika
eNaya Patrika
  • ePaper

कुष्ठरोगकाे चेतना वृद्धिमा अायाेजना गरेकाे राष्ट्रव्यापी कविता प्रदर्शनमा सुदर्शन प्रथम

‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशाेसिएशन फर आइडिया नेपालले ‘द लेप्रोसी मिशन नेपाल’सँगको समन्वयमा आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका कवि सुदर्शन पौडेल प्रथम भएको छन् ।

‘कुष्ठरोगी विचार’ शीर्षकको उनको कविताले नगद २० हजार रूपैयाँसहित प्रथम पुरस्कार जितेको हो । लमजुङका कवि प्रज्वल अधिकारीको कविता ‘आत्मालाप’ दाेस्राे भएकाे छ । उनले १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै, झापाका कवि निरज दाहालको ‘घरभित्र’ तथा उदयपुरका कवि हिमालय पौडेलको कविता ‘कुष्ठरोगविरुद्ध हामी’ चाैथाेँ भएकाे छ । उनीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा आयोजित कार्यक्रममा छानिएका २० कविबीच प्रतियोगिता भएको थियो । वरिष्ठ कवि गोपाल पराजुली, कवि भीष्म उप्रेती तथा समालोचक राजकुमार बराल निर्णयक रहेको समितिले गरेको छनोटमा केही कुष्ठरोग प्रभावित कविहरूसमेत सामेल रहेको आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका वन तथा वातारण मन्त्री शक्ति बस्नेतले कविका उद्गारबाट सरकारको यथेष्ठ ध्यानाकर्षण भएको बताए । कुष्ठ प्रभावित भएका व्यक्तिको हक हित र आत्मसम्मानका रक्षाको दिशामा रहेका कानुनी अडचन हटाउन आफूले सहयोग गर्ने उनले बताए । स्वास्थ्य सेवा विभागका क्षयरोग तथा कुष्ठरोग अधिकृत महेश कुमार पुरीले यस्ता कार्यक्रमलाई प्रोत्साहित गर्ने बताए ।

तपाईको प्रतिक्रिया