बजेट कार्यान्वयनका लागि संयन्त्र तयार गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन - Naya Patrika
eNaya Patrika
  • ePaper

बजेट कार्यान्वयनका लागि संयन्त्र तयार गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि आवश्यक संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षा सुनेपछि मुख्यमन्त्रीले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनका लागि चाहिने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयमा व्यवस्थापन गर्न मुख्यमन्त्रीले निर्देशन दिएको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । मुख्यमन्त्रीले डिभिजन र निर्देशनालय तत्काल स्थापना गर्न र त्यहाँ आवश्यक कर्मचारीको व्यवस्थापन  निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कार्यालयमा नियमित रिपोर्ट

मुख्यमन्त्रीले मन्त्रालयको सबै रिपोर्ट नियमित प्राप्त गर्ने संयन्त्र बनाउन र त्यो रिपोेर्ट विश्लेषण सहित मुख्यमन्त्री कार्यालयमा पठाउन आग्रह गरे । तीन दिनदेखि भएको मन्त्रालयगत समीक्षामा मंगलवार सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री कार्यालयले समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए ।

त्यसैगरी ३ गते कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र २ गते भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया