प्रदेश ५ का मुख्यमन्त्री र अमेरीकी राजदुतबीच भेट - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ का मुख्यमन्त्री र अमेरीकी राजदुतबीच भेट

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी डब्लु बेरीले बिहिबार भेट गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम,समृद्धिका लागि प्रदेशका प्राथमिकता,नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ ।

मुख्यमन्त्री पोखरेलले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले बताए ।

भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए । उनले अमेरिकाले दुर्इ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको बताएका थिए ।

अमेरिकाले ३० वर्ष अघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पुर्‍याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकासका लागि ठूलो श्रोतको आवश्यकता रहेको बताए । उनले प्राविधिक शिक्षाको महत्वपूर्ण केन्द्र स्थापनाका लागि सघाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया