रुकुम पश्चिममा जीप दुर्घटना हुँदा बाबुकाे मृत्यु, छाेरीकाे अवस्था गम्भीर - Naya Patrika
eNaya Patrika
  • ePaper

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा बाबुकाे मृत्यु, छाेरीकाे अवस्था गम्भीर

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जीप दुर्घटना हुँदा जीप चालक आठबीसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जीप दुर्घटना हुँदा चालक बिकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी बिककी ५ वर्षीया छोरी पार्वतीकाे अवस्था गम्भीर रहेकाे प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदै छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । विक ससुरालिमा जाँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया