एडमन्टनमा भक्तराज आचार्य सम्मान साँझ हुने - Naya Patrika
eNaya Patrika
  • ePaper

एडमन्टनमा भक्तराज आचार्य सम्मान साँझ हुने

बरिष्ठ गायक तथा संगितकार एवम् भजन शिरोमणी भक्तराज आचार्यको सम्मान तथा सत्य स्वरुव आचार्य साँझ २०१८ आयोजना हुने भएको छ । स्थानीय कलाकारहरुको समूह सङ्गीत मझेरी एडमन्टनले कार्यक्रम गर्न लागेको हो । कर्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टन स्थित सेन्ट्रल लायन्स रिक्रिएशन सेन्टरमा यही नोभेम्वर १८ आइतबार साँझ हुने भएको छ ।
कार्यक्रमको संयोजन इश्वर खत्रीले गरेका छन् । कार्यक्रमको तयारी तित्र्ररुपमा भइरहेको जानकारी उनले दिए । उनका अनुसार कार्यक्रममा स्थानीय संस्था सङ्गीत मझेरीले भजन शिरोमणी भक्तराज आचार्यलाई लाई प्रमाणपत्रका साथै नगद क्यानडीयन डलर ५०० बाट सम्मान गर्ने कार्यक्रम रहेको बताए । नगद भक्तराज आचार्य प्रतिष्ठानलाई हस्तानतरण गरिने जानकारी खत्रीले दिए ।
स्थानीय कालाकार मिलेर २०१६ मा संगीत मझेरी स्थापना भएको हो । यस संस्थाले स्थानीय स्तरमा विभिन्न साङ्गीतिक कायक्रम गर्दै आइरहेकोछ । हरेक महिना एउटा साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको यो संस्थाले अहिले सम्म ३३ वाटा सङ्गी शृखला प्रस्तुत गरिसकेको जानकारी मझेरीका वरिष्ठ सदस्य राजेन्द्र सुवेदी ‘छहारी’ले जानकारी दिए । मात्रृभूमीबाट टाढा भएका हामी नेपालीलाई बेलामौकामा गीत सङ्गीतको माध्यमबाट मनोरञ्जन दिनुका साथै नेपाली कला र संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा मौलिक नेपाली गीत सङ्गित हस्तान्तरण गर्नु हाम्रो उद्देश्य हो सुवेदीले बताए । हम्रो विषेशता भनेको नै नेपाली टिपिकल बाद्यवादन मार्फत मौलिक नेपाली गीत सङ्गीत दर्सश स्रोतामाझ प्रस्तुत गर्नु हो सुवेदी थप्छन् । फुर्सदको समयमा समूहका सदस्यले साधना पस्कनु हो उपाध्यक्ष सुवेदी थप्छन् ।


कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष इश्वर खत्रीका अनुसार अहिले सम्म मझेरीसंग हारमोनियम, तबला, डोलक, बासुरी, झ्याम्टा, मादल, सारंगी लगायतका वाध्यबाधन नेपालबाटै ल्याइएको छ । स्थानीय १२ जना कालाकारबाट सुरु भएको यो मझेरीमा अहिले १० जना कालाकार सक्रिय रुपमा लाग्नु भएको छ । स्थानीय रुमा विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले नेपाली कालकार झिकाई नेपाली गीत सङ्गीतकै अग्रजलाई सम्मान गर्न लागेको भने पहिलो पटक हो ।
कालान्तरमा संगित विद्यालयमा रुपान्तरण हुनु हाम्रो अर्को उद्देश्य हो संस्थाका अध्यक्ष खत्री बताउछन् । उनले एडमन्टनका सम्पूण नेपाली दाजुभाई दिदीबहीनीहरुलाई सो कार्यक्रमका उपस्थिति भएर स्थानीय कलाकार का साथै देशका अग्रज कालाकारलाई हौसला प्रदान गर्नु अनुरोध समेत गरे ।

तपाईको प्रतिक्रिया