दिपावलीमा सर्लाहीका पाँच ठाउँमा आगलागी, एक बालककाे मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

दिपावलीमा सर्लाहीका पाँच ठाउँमा आगलागी, एक बालककाे मृत्यु

दिपावली गर्ने क्रममा बुधबार राती सर्लाही पाँच स्थानमा आगलागी भएको छ । आगलागीबाट एक बालकको मृत्यु हुनुका साथै लाखौको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

गएराती सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकेल्वामा घर अगाडी पार्किङ गरेर राखेको बोलेरो जिपमा आगलागी हुँदा रामलाल रायका छोरा बर्ष १२ का धनिकलाल रायको मृत्यु भएको हाे । प्रहरीका अनुसार घर अगाडी राखेको बिआर ०६ पीए २०१८ नम्बरको आफ्नै जिपमा बालक सुतेका थिए । जिपमा अचानक अागलागी हुँदा  बालकको मृत्यु भएको हो । जिप जलेर पूर्ण नष्ट भएको छ ।

जिपमा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनायाे । आग्लागीबाट ५ लाख बराबरको क्षती भएको छ ।

यसैविच बुधबार राती नै आगलागीबाट रामनगर गाउँपालिका–२ खैर्वा स्थित सलिन्दर साहको टायलको छानो भएको घर, चन्द्रनगर गाउँपालिका–३ बस्ने सिंधेश्वर चौधरीको खरको छानो भएको कुखुराको खाली फारम र गोडैता नगरपालिका–६ का भरोसी महताेको एल्भेस्टरको छानो भएको घर जलेर नष्ट भएको छ ।

दिपावली मनाउन बालेको मैनबत्ती काठमा सल्केर रामनगर–२ खैरवाका सलिन्दर साहको ईटाको गारो भएकाे २ तले कच्ची घरको माथिल्लो भाग सहित, लत्ताकपडा, अन्नपात र भाडाबर्तन गरि झण्डै दुई लाख मुल्य बराबरको क्षती भएको हो ।

यस्तै बालबालिकाले आगो खेलाउँदा चन्द्रनगर–३ बस्ने सिंधेश्वर चौधरीको खरको छानो भएको कुखुराको खाली फारममा भएकाे आगलागीबाट पचास हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

गोडैता नगरपालिका–६ बग्दा स्थित भरोसी महताेको एल्भेस्टरको छानो भएको २ तले कच्ची घरमा दिपावली गर्न बालेको मैनबत्ती सल्किदा सात लाख पचास हजार मुल्य बराबरका लत्ताकपडा, भाडा बर्तन र अन्नपात जली नष्ट भएको हाे । स्थानीय र प्रहरीकाे प्रयासमा अाागाे नियन्त्रणमा अाएकाे थियाे ।

यसैगरी आगलागीबाट हरिपुर्वा नगरपालिका वडा नम्बर ४ बस्ने राम बिश्वास पण्डित र ईश्वरपुर नगरपालिका वडा नम्बर १५ बस्ने इन्दल महतोको उखु खेती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । छिमेकी हरुन अन्सारीले आफ्नो जग्गामा सुकेको घासमा लगाएको आगोले पण्डितको १८ कठ्ठामा लगाएको ऊखु र महतोको १२ कठ्ठामा लगाएको उखु जलेर नष्ट भएको हाे ।

तपाईको प्रतिक्रिया