नगर स्तरिय सहकारी भलिबलको उपाधि कालिञ्चोकलाई - Naya Patrika
eNaya Patrika
  • ePaper

नगर स्तरिय सहकारी भलिबलको उपाधि कालिञ्चोकलाई

दोलखाको चरिकोटस्थित अर्थभूमि सहकारीको तेस्रो स्थापना दिवसका अबसरमा आयोजित नगरस्तरिय सहकारी भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक सहकारीले जितेको छ । हरेक वर्ष अर्थभूमिको स्थापना दिबसका अबसरमा आयोजना हुने भलिबल प्रतियोगिताको उपाधि दोलखाको पहिलो सहकारी कालिञ्चोकले जितकको हो । कात्तिक १८ गतेदेखि दोलखा सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माविको प्रांगणमा आयोजना भएको सहकारी भलिबल प्रतियोगिताको समापन बुधबार एक समारोहबीच गरियो ।

भलिबल प्रतियोगितामा कालिञ्चोक सहकारी संस्था प्रथम, जुनतारा बचत तथा ऋण सहकारी संस्था द्धितिय र जिल्ला सहकारी संघ लिमिटेड तृतिय भएका छन् । विजयी प्रतियोगीहरुलाई क्रमशः १० हजार ७ हजार र ५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र दिएयो । प्रतियोगितामा भीमेश्वर नगरपालिकाका १० वटा सहकारीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया