समुदायको साझेदारी बिना समाजमा शान्ति सुरक्षा स्थापना हुन सक्दैन : महानिरीक्षक खनाल - Naya Patrika
eNaya Patrika
  • ePaper

समुदायको साझेदारी बिना समाजमा शान्ति सुरक्षा स्थापना हुन सक्दैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदायको साझेदारी बिना समाजमा शान्ति सुरक्षा स्थापना हुन नसक्ने बताएका छन् । उनले जनमुखी सेवा प्रवाहमा स्थानिय तहसँगै सरोकारवाला निकायसँगको सहकार्य पनि अनिवार्य रहेको बताए ।

प्रहरीलाई जतिसक्दो बढी प्रविधि मैत्री बनाउने प्रयास भइरहेको बताएका खनालले प्रहरीको व्यवसायिक दक्षता अभिवृद्धिमासमेत जोड दिने बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लाको शान्ति सुरक्षामा प्रहरी अहोरात्र खटिएको बताए ।

तपाईको प्रतिक्रिया