पहिलोपटक हुम्ला पुग्यो गाडी - Naya Patrika
eNaya Patrika
  • ePaper

पहिलोपटक हुम्ला पुग्यो गाडी

हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक गाडी पुगेको छ । हिल्सा–सिमकोट ९५ किलोमिटर ट्र्याक खुलेसँगै सडक डिभिजन कार्यालय हुम्लाले सिमकोटमा गाडी पु-याएको हो । चिनियाँ रोडमा नेपाली गाडी चलाउन नमिल्ने भएकाले २ लाख ४० हजार ढुवानी खर्च तिरेर हिल्सा नाकासम्म गाडी ल्याएको हिल्सा–सिमकोट सडक आयोजना प्रमुख शशांक मिश्रले भने । ‘चीनबाट नेपाली गाडी गुडाउन नमिल्ने भएकाले रसुवा नाकादेखि चीनको ताक्लाकोटसम्म कन्टेनरमा गाडी ल्यायौँ,’ मिश्रले भने ।

गाडी हिल्साबाट नौ दिनमा सिमकोट पुग्यो
हिल्सा नाकाबाट नौ दिनमा सिमकोट गाडी पु-याएको हिल्सा–सिमकोट सडक आयोजनाका चालक नरबहादुर लामाले बताए । ‘तीनवटा लेक क्रस गरेर गाडी ल्याउनुप-यो,’ उनले भने, ‘खाद्यान्न सामग्री साथमा थियो, जहाँ पुग्दा रात पर्छ त्यहीँ खाएर सुत्थ्यौँ ।’

खुसी साट्न नपाउँदै शोकमा डुब्यो डोल्पा
हिमाली जिल्ला डोल्पा १६ असोजमा राष्ट्रिय सडक सञ्जालमा जोडियो । करिब ११८ किलोमिटर जाजरकोट–डोल्पा सडकको औपचारिक उद्घाटन कात्तिक अन्तिमसम्म गर्ने तयारी हुँदै थियो । उद्घाटनका लागि केन्द्रबाट प्रधानमन्त्री, प्रधानसेनापतिलगायत आउने बताइएको थियो । सडक उद्घाटनको तयारीसँगै डोल्पाली खुसीले दंग थिए । तर, खुसी साट्न नपाउँदै डोल्पाली शोकमा डुबे । सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ गइरहेको भे.१च १६१० नम्बरको जिप ठूलीभेरी नगरपालिका–९ कालागौँडा बस्तीनजिकै बतासेओडारमा सोमबार दुर्घटना भयो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुईजना घाइते र एक बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया