बैठकमै वडा अध्यक्षले कुटे शिक्षक - Naya Patrika
eNaya Patrika
  • ePaper

बैठकमै वडा अध्यक्षले कुटे शिक्षक

प्यूठानका एक वडा अध्यक्षले शिक्षकलाई कुटेका छन् । झिमरुक गाउँपालिका – ८ का वडा अध्यक्ष तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् ।

विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन भइरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले जानकारी दिएका छन् ।

शिक्षक एमसी जनता माध्यमिक बिद्यालय लिवाङ टिमुरचौरमा विगत चारवर्षदेखि प्रावि तहमा कार्यरत रहँदै आएका छन् । उनले मंगलबार प्यूठान अस्पताल विजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराम गर्न सल्लाह दिएका छन् ।

झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा सोधपुछ गर्ने बताएका छन् । वडा अध्यक्ष बस्नेतको टेलिफोन सम्पर्क हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया