चकलेट खानुका फाइदा - Naya Patrika
eNaya Patrika
  • ePaper

चकलेट खानुका फाइदा

चकलेट प्रायः सबैलाई मन पर्छ । बच्चाबच्चीलाई चकलेट खुब मन पर्छ । यस्तै, शुभअवसरमा वा रमाइलोको वेलामा चकलेट बाँडेर रमाइलो गरिन्छ ।

बजारमा पाइने सबैखाले चकलेट राम्रो हुन्छन् भन्ने होइन, चकलेटमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण कोकोका दानामा पाइने विशेष पोषक तत्वबाट आउँछ । फ्लाभोनोइड्सको मात्रा बढी पाइने डार्क चकलेट मिल्क चकलेटको तुलनामा बढी प्रभावकारी हुन्छ ।

  • चकलेटले छालामा निखार ल्याउनुका साथै यसमा पाइने प्रशस्त एन्टिअक्सिडेन्टका कारण मुटुरोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउँछ ।
  • डार्क चकलेट खाँदा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
  • डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट हुनाले मटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न सहायक हुन्छ ।
  • यसमा पाइने पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राख्छ । र रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।
  • महिलाहरूलाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।

तपाईको प्रतिक्रिया