हेल्थ क्लबमा व्यायाम गर्दा - Naya Patrika
eNaya Patrika
  • ePaper

हेल्थ क्लबमा व्यायाम गर्दा

हेल्थ क्लब व्यायाम गर्दा नियमित गर्ने शारीरिक व्यायामले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ । कतिपयले घरमै बसेर पनि व्यायाम गर्छन् । तर, क्लबमा गएर व्यायाम गर्दा दक्ष प्रशिक्षकको सहयोग पाइन्छ, जुन लाभदायक हुन्छ । आफ्नै तरिकाले गर्दा गलत प्रयोग हुने सम्भावना पनि रहन्छ ।

यसकारण क्लबमै गर्नुस् व्यायाम :

  • घरैमा कसरत गर्दा बढी अल्छी बन्ने सम्भावना पनि हुन्छ । जाँगर चल्दा मात्र कसरत गर्ने बानीको विकास हुन्छ । त्यसैले क्लबमा नै गएर कसरत गर्दा राम्रो हुन्छ । किनभने भेटिने साथीहरूले पनि व्यायाममा ऊर्जा मिल्छ । समूहमा जोस र जाँगरका साथ कसरत गर्नुका साथै थकाइ पनि कम लाग्छ ।
  • घरमा आफैँ कसरत गर्दा गलत तरिका अवलम्बन गरिएको हुन सक्छ । जसले गर्दा चोटपटक पनि लाग्न सक्छन् । जिम गर्नु परेमा भने जिम सेन्टर नै जानुपर्छ । किनकि जिम गर्दा विभिन्न स्टेप र पोजिसनलाई ध्यान दिनुपर्छ ।
  • आफूखुसी व्यायाम गर्दा गलत इन्स्ट्रक्सनको पनि प्रयोग गर्न सकिन्छ । जसले नकारात्मक असर पार्न सक्छ । दक्ष तालिमप्राप्त प्रशिक्षकको इन्स्ट्रक्सनमा व्यायाम गर्दा दुई–तीन हप्तामै सकारात्मक प्रभाव देखिन थाल्छ ।

तपाईको प्रतिक्रिया