यसकारण हुन्छ आँखामा संक्रमण - Naya Patrika
eNaya Patrika
  • ePaper

यसकारण हुन्छ आँखामा संक्रमण

आँखा मानव शरीरको संवेदनशील अंग हो । यसबारे सचेत नहुँदा सामान्यदेखि जटिलसम्मका समस्या आउने गर्छन् । आँखामा देखा पर्ने रोगमध्ये यसको इन्फेक्सन पनि एक हो । यसका साथै आँखा पाक्ने, दुख्ने, एलर्जी, फुलो पर्ने, रतन्धोलगायत समस्या पनि देखा पर्छन् ।

कसरी इन्फेक्सन

  • जाडो होस् वा गर्मी, यी दुवै मौसममा आँखामा इन्फेक्सन हुने समस्या धेरैमा देखिन्छ । आँखामा हुने जुनसुकै प्रकारका संक्रमणले मानिसलाई दुःख दिने गर्छ । यस्तो अवस्थामा आँखालाई असर पार्ने ब्याक्टेरिया र भाइरलका कीटाणु निकै सक्रिय हुन्छन् ।
  • फूल फुल्ने मौसममा पनि आँखामा इन्फेक्सन देखिने खतरा हुन्छ । खासगरी घाँस, जंगल या अत्यधिक धुवाँधुलो भएको स्थानतिर पुग्दा आँखाको इन्फेक्सन हुने डर हुन्छ । वायु प्रदूषण पनि आँखा इन्फेक्सनको प्रमुख कारण हो ।

लक्षण

  •  आँखामा इन्फेक्सन वा संक्रमण हुँदा रातो हुने गर्छ । कहिलेकाहीँ एउटा मात्र आँखा रातो देखिने समस्या पनि हुन्छ । यस्तो अवस्थामा जलबिन्दु पनि भएको हुन सक्छ ।
  • आँखामा संक्रमण भएको अवस्थामा दृष्टि (भिजन) कम हुँदैन । आँखामा संक्रमण भएको अवस्थामा पाक्ने, आँखाको पाप्रा उक्किने, दुख्नेलगायत समस्या हुन्छ ।
  • इन्फेक्सन भएमा बारम्बार आँखा चिलाउने, नाकबाट पानी बग्ने, आँखाको भित्री जालो सेतो भएर जाने, घामको चम्किलो प्रकाशमा हेर्न गाह्रो हुनेलगायतका समस्या हुन्छ ।

तपाईको प्रतिक्रिया