सयपत्री फूलका फाइदा - Naya Patrika
eNaya Patrika
  • ePaper

सयपत्री फूलका फाइदा

फूल कसलाई मन नपर्ला ? त्यसमा पनि सयपत्री । फूल भन्नेबित्तिकै प्रत्येक नेपालीले तिहार सम्झिन्छन् । किनकि, तिहारलाई फूलको चाड भनेर पनि बुझिन्छ । तर, तिहार, अन्य चाडपर्व तथा धार्मिक अनुष्ठानमा अत्यधिक प्रयोग हुने सयपत्री फूलको धार्मिक महत्व जति छ, वैज्ञानिक महत्व पनि त्यति नै छ । सयपत्री फूलका अनेकौँ फाइदा छन् ।

 

सयपत्रीका किसिम
कोटेज रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो, स्विट क्रिमलगायत गरेर २५ थरी सयपत्री फूल पाइन्छन् । सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । नेपालमा कलकत्ते जातको सयपत्री बढी खेती गरिन्छ । सयपत्री फूल विभिन्न रंग तथा साइजका हुन्छन् ।

  • सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्न सकिन्छ र यसले पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुने गर्छ ।
  • सियपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार चिल्लो हुन्छ । अनुहार देखिएका घाउ निको हुन्छन् ।
  • सयपत्रीको चास्नी बनाएर पिउनाले रुघाखोकी तथा ज्वरो ठीक हुन्छ ।
  • आँखा र छालामा हुने विभिन्न समस्याका लागि पनि सयपत्री फूलले औषधिको काम गरेको हुन्छ ।
  • क्यालेनदुला जातको सयपत्री फूलको सिरप ड्रपले दुखेको कानलाई धेरै आराम दिने
    काम गर्छ ।
  • सिुकेको सयपत्री फूललाई तातो पानीमा हालेर नियमित पिउनाले मुखको अल्सर निको हुन्छ ।
  • ब्रेस्ट क्यान्सर हुनेले नियमित रूपमा सयपत्री फूल प्रयोग गर्नाले बिस्तारै कम हुँदै जान्छ ।
  • प्रतिदिन सयपत्री फूलको ताजा रस निकालेर दाद भएको ठाउँमा लगाउनाले दादलाई निकै फाइदा गर्छ । यो प्रक्रिया दिनमा २–३ पटक गर्दा राम्रो हुन्छ ।
  • वातावरणीय प्रदूषण, चुरोट या सुर्तीजन्य वस्तुबाट हुने विभिन्न रोगबाट बच्न पनि सयपत्री फूलको जुस नियमित प्रयोग गर्नाले फाइदा गर्दछ ।
  • रातभर भिजाएर राखेको सयपत्रीको पानीले मुख धुनाले तपाईंको आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।
  • विभिन्न तारे होटेलमा सयपत्री फूललाई सुप, सस, सलाद, जुस र केकमा प्रयोग गर्छन् । जुन स्वास्थ्यको लागि अति नै उपयोगी मानिन्छ ।
  • सौन्दर्यका लागि पनि सयपत्री पेटल, मह, बेसन, क्रिम मिसाएर फेसवास गर्नाले अति चमक आउँछ ।

तपाईको प्रतिक्रिया