प्रहरीले यसरी मनायो कुकुर तिहार [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रहरीले यसरी मनायो कुकुर तिहार [फोटोफिचर]

आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार । आजको दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ । केन्द्रीय प्रहरी कुकुर तालिम स्कूल महाराजगञ्जमा तालिम प्राप्त कुकुरको पूजा गरी कुकुर तिहार मनाएको छ । विभिन्न प्रजातीका ८० वटा कुकुरको पूजा गरिएको थियो । कुकुरले विभिन्न खेलको प्रस्तुतीसमेत देखाएको थियो । जसमा उत्कृष्ट खेल प्रस्तुत गरेका कुकुरलाई मेडलसहित सम्मान गरिएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले फरक–फरक अपराध पत्ता लगाउने कुकुर रहेको जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया