टाइटानिकका लियोनार्डो अब निर्माता - Naya Patrika
eNaya Patrika
  • ePaper

टाइटानिकका लियोनार्डो अब निर्माता

विख्यात विज्ञान कहानी लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’माथि फिल्म बन्ने भएको छ । ‘टाइटानिक’ फिल्मबाट संसारभर चिनिएका हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले उपन्यासमाथि फिल्म बनाउन लागेका हुन् ।

लियोनार्डो यो फिल्मबाट आफैँ निर्माताका रूपमा प्रस्तुत हुन लागेका हुन् । फिल्मको निर्देशन चर्चित निर्देशक एन्डी मसेतीले गर्नेछन् । फिल्म ठूला स्टुडियो वार्नर ब्रदर्स र प्यारामाउन्ट मिलेर बनाउँदै छन्।

ब्रिटिस भिक्टोरियन युगमा लेखिएको उपन्यास ‘टाइम मेसिन’ अनिश्चित भविष्यलाई लिएर कौतुहलताको विषय हुनेछ । लियोनार्डोले सन् २०१६ मा ‘द रेभेनेन्ट’बाट ओस्कर जितेका थिए । उनका अधिकांश फिल्म ब्लकबस्टर छन् ।

प्रायः फिल्ममा फरक भूमिकामा देखिने यी हलिउड सुपरस्टार डिकाप्रियोको आफैँले निर्माण गरेको फिल्म कस्तो हुनेछ ? दर्शकले कौतुहलताका साथ प्रतीक्षा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया