वीरबहादुरको मान्छेको मन - Naya Patrika
eNaya Patrika
  • ePaper

वीरबहादुरको मान्छेको मन

वीरबहादुर बोहरा र विष्णुजंग शाहको ‘मान्छेको मन’ बोलको देउसी भैलो गीत सार्वजनिक भएको छ । गीतले आममानिसको संवेदनालाई समेटेको छ । लोकभाका रहेको यो गीतभन्दा अघि वीरबहादुर बोहराले नेपाली राष्ट्रिय गीत ‘सपना जलेर गयो, म हुँ नेपालको छोरा’ र ‘नेप्लिज चिल्ड्रेन्स लिभ इन युएसए’ बालबालिकाको डकुमेन्ट्री बनाएका थिए । अघिल्लो वर्ष उनले ‘रुँदो हो मन भाग–२’ दैउसी भैलो गीत निर्माण गरेका थिए ।

त्यही सफलतालाई निरन्तरता दिन यसपटक उनले ‘मान्छेको मन’ बोलको देउसी भैलो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको बताए । दाजुभाइ नहुँदा दिदीबहिनीमा हुने पीडालाई गीतमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

गीतमा विष्णुजंग शाहको शब्द, कलाकार जय देवकोटाको लय तथा जय देवकोटा, टीका पुन र पुर्णकला बिसीको स्वर रहेको छ । भिडियोको छायांकन राजेश घिमिरे र वीरेन्द्र भट्टले गरेका हुन् । अविनाश बिसीले सम्पादन गरेको भिडियो निर्देशन बबिता श्रेष्ठले गरेकी छिन् ।

गीतमा जय देवकोटा, एलिना रायमाझी, रिना थापामगर, वीरबहादुर बोहरा, सुधा देवकोटा र कामना देवकोटाको अभिनय छ ।

तपाईको प्रतिक्रिया