उत्तर कोरियाली नेता र क्युबाका राष्ट्रपतिबीच भेटवार्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

उत्तर कोरियाली नेता र क्युबाका राष्ट्रपतिबीच भेटवार्ता

प्योङयाङ भ्रमणमा रहेका क्युबाका राष्ट्रपति मिगल डायाज कनेल र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुई नेताबीच समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल भएको उत्तर कोरियाली सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरूबीचको वार्ता महत्वपूर्ण रहेको उत्तर कोरियाली समाचार समिति केसिएनएले जनाएको छ । गएको जुन महिनामा उत्तर कोरिया र अमेरिकाबीच भएको उच्चस्तरीय वार्तालगत्तै वासिङ्टनले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यो नाकाबन्दी अहिले पनि जारी छ ।

करिब आधा शताब्दीपछि सन् २०१५ मा अमेरिका र क्युबाबीचको सम्बन्ध पुनस्र्थापना भएको थियो । पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा दुई देशबीचको सम्बन्धमा सुधार आएको थियो । तर, डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भने यो सम्बन्ध पुनः बिग्रिएको थियो । सम्बन्ध बिग्रिएपछि गत जुन महिनामा अमेरिकाले क्युबामा नाकाबन्दी लगाएको थियो ।

तपाईको प्रतिक्रिया