अखण्ड आलापको चर्चा - Naya Patrika
eNaya Patrika
  • ePaper

अखण्ड आलापको चर्चा

पाँचथरको फिदिममा साहित्यकार मोक्तान थेवाको नयाँ कृति अखण्ड आलापको चर्चा गरिएको छ । फिदिममा आयोजित कार्यक्रममा कृतिको चर्र्चासँगै साहित्य वाचन गरिएको थियो ।

असोजमा सार्वजनिक गरिएको थेवाको अखण्ड आलापको चर्चा कार्यक्रममा उन्मुक्त पुस्ता अभियानका अभियन्ताको उपस्थिति थियो । कार्यक्रममा सर्जक थेवासँगै, प्रकाश गुरागाईं, केवल बिनाबी, केशव सिलवाललगायत सहभागी थिए ।

फिदिममा आयोजित कार्यक्रममा यहाँ क्रियाशील साहित्य सर्जकले पनि रचना वाचन गरेका थिए । साहित्यकार प्रेम ओझाले पाँचथरको साहित्यको विकासबारे जानकारी गराएका थिए ।

कार्यक्रम पाँचथरमा क्रियाशील चार साहित्यिक संस्थाको अगुवाइमा कार्यक्रम भएको हो । दमकलगायत पूर्वी नेपालका विभिन्न स्थानमा अखण्ड आलापमाथि चर्चा र साहित्यिक कार्यक्रममा सहभागिता जनाएको छ ।

तपाईको प्रतिक्रिया