साथीहरूको कागजी चुनौतीले अधिकृत बनेँ : खेमराज - Naya Patrika
eNaya Patrika
  • ePaper

साथीहरूको कागजी चुनौतीले अधिकृत बनेँ : खेमराज

उदयपुरको सामान्य सामुदायिक स्कुलबाट एसएलसी पास गरेँ । स्कुलमा हरेक कक्षामा म सधैँ टप फाइभभित्र पर्थे । नेपाल कमर्स क्याम्पसमा स्नातक अध्ययन गर्र्दै गर्दा पनि मेरो पढाइ औसत नै थियो । स्नातक अध्ययकै क्रममा विसं २०७० मा नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टमा प्रतिस्पर्धा गरेँ । लिखित परीक्षासम्म उत्तीर्ण भए पनि त्यसपछिको चरणमा सफल हुन सकिनँ । त्यसपछि मलाई जसरी पनि निजामती सेवामा प्रवेश गर्नुपर्छ भन्ने भयो । 

खेमराज कोइराला शाखा अधिकृत-२०७२

स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै गर्दा शाखा अधिकृतका लागि पनि तयारी सुरु गरेँ । बिहान क्याम्पस जान्थेँ, दिउँसो लोकसेवा परीक्षाका लागि तयारी गर्थें । स्नातक तह तेस्रो वर्षको रिजल्ट आउनुअघि नै मेरो लोकसेवा तयारी पूरा भएको अनुभूति भएको थियो ।

तर, मलाई एउटा कुराको भने डर थियो । त्यो के भने मंसिरको अन्तिम बुधबार शाखा अधिकृतको विज्ञापन खुल्थ्यो । त्यतिवेलासम्म मेरो स्नातक तृतीय वर्षको रिजल्ट नआएमा मैले आवेदन दिन पाउदिनथेँ । धन्न विज्ञापन खुल्नु केही दिनअघि रिजल्ट आयो, आवेदन दिएँ । पहिलो प्रयासमै सफल पनि भएँ ।

मैले शाखा अधिकृत तयारी गर्दै गर्दा मेरा दुई साथीले नायब सुब्बाको तयारी गर्दै थिए । उनीहरूले नायब सुब्बाको तयारी गरे सफल हुन सकिने, तर एकैपटक अधिकृतमा सफल हुँदैनस् भनेर हतोत्साही बनाउँथे । उनीहरूको जोड मिलेर नायब सुब्बाको तयारी गरौँ भन्ने थियो । तर, मैले मानिनँ । त्यसपछि उनीहरूले एउटा कागज नै गरेर तैँले कहिले पनि अधिकृतमा नाम निकाल्न सक्दैनस् भनेका थिए । साथीहरूको त्यही चुनौती अधिकृतमा नाम निकाल्न मेरो प्रेरणाको स्रोत बन्यो ।

यसरी पढ्थेँ

सामान्य ज्ञान पढ्दा सूत्र बनाएर पढ्थँे । समसामयिक विश्व घटनाक्रमलाई सिलसिलेवार रूपमा टिपोट गर्थें । तर, सामान्य ज्ञानअन्तर्गतको धार्मिक विषयको प्रश्नोत्तर कसैगरी पनि बुझ्न/सम्झिन सकिनँ । मैले पात्र र घटना जान्नकै लागि युट्युबमा महाभारत हेरेँ । सामान्य ज्ञानको जाँचको दिन बिहान मैले किताबको पाना १/१ गरी पल्टाउँदै सरसर्ती पढेर सकेँ ।

त्यो विधिले पढ्दा परीक्षामा मैले धेरै राम्रो गर्न सकेँ । सामान्य ज्ञान नपढीकन मिलाउन सकिन्न । तर, आइक्यु पहिले नपढेको भए पनि दिमाग खियाएर मिलाउन सकिन्छ । त्यसकारण आइक्युका लागिचाहिँ विभिन्न टेक्निकल दायरा बढाउन अनलाइन साइट र आइक्युसम्बन्धी विभिन्न किताबको सहायता लिएँ ।

मैले शाखा अधिकृत तयारी गर्दै गर्दा मेरा दुई साथीले नायब सुब्बाको तयारी गर्दै थिए । उनीहरूले नायब सुब्बाको तयारी गरे सफल हुन सकिने, तर एकैपटक अधिकृतमा सफल हुँदैनस् भनेर हतोत्साही बनाउँथे । उनीहरूको जोड मिलेर नायब सुब्बाको तयारी गरौँ भन्ने थियो । तर, मैले मानिनँ । त्यसपछि उनीहरूले एउटा कागज नै गरेर तैँले कहिले पनि अधिकृतमा नाम निकाल्न सक्दैनस् भनेका थिए । साथीहरूको त्यही चुनौती अधिकृतमा नाम निकाल्न मेरो प्रेरणाको स्रोत बन्यो ।

विषयतगत परीक्षाको तयारी गर्दा

विषयगत प्रश्नको लागि भने दुई फरक–फरक लेखकको पुस्तक किनेँ । मैले केही समय लोकसेवा तयारी कक्षा पनि लिएको थिएँ । त्यतिवेला तयार पारेका नोट पनि संकलन गरेँ । सेलेबसमा भएको प्रत्येक शीर्षक, विषयवस्तुको फेरि छुट्टाछुट्टै नोट गरेँ ।

त्यो नोटमा दुईवटा किताबको, तयारी कक्षाको नोटको र इन्टरनेटबाट गरी ४ ठाउँबाट मुख्य मुख्य कुरा टिपोट गरेँ । त्यसो गर्दा सबै किताब, ट्युसन नोट, पछि आफैँले बनाएको नोट एकपटक पढेर मुख्य कुरा फेरि अर्को नोट बनाएर बुँदागत रूपमा लेखिसकेपछि दोहोर्‍याएर पढ्नुपर्दैनथ्यो । त्यसले गर्दा अनावश्यक कुरा पढ्नबाट जोगिनुका साथै समयको पनि वचत हुन्थ्यो ।

नोट तयार गर्दासम्म पढ्ने भन्दा पनि संकलन गर्ने काम मात्र गरेँ । जब नोट तयार पारेँ, त्यसपछि पत्रपत्रिकाका लेखबाहेक मैले त्यो आफ्नो नोट मात्र पढेँ । अनेक तरिकाबाट सम्झिने बुझ्ने प्रयास गरेँ । सूत्र बनाएर पढ्ने, आफैँ प्रश्न बनाएर उत्तर लेख्ने, पढेको वेला रेकर्ड गरेर बाटो हिँड्दा, सुत्दा सुन्ने, पढेका कुरा अरूलाई सोध्न लगाएर मौखिक जवाफ दिने प्रयास गर्थें ।

यसैगरी पढेका कुरा सम्झेर कापीमा लेख्ने, लेखेका नोटको फोटो खिचेर मोबाइलमा राखी बेलाबखत हेर्नेलगायत विभिन्न विधिमार्फत पढेका कुरा हरदम स्मरणमै राख्ने प्रयास गर्थें । परीक्षा दिन जानुअघि आवश्यक पर्ने सबै कुरा सम्झेर बोक्थेँ । समय व्यवस्थापका लागि घडी हेरेर उत्तर लेखेँ ।

प्रश्न नं १ बाट क्रमैसँग उत्तर लेखेँ, त्यसो गर्दा समय व्यवस्थापनलाई सजिलो बनाइदियो । आउने प्रश्नमा धेरै नआउनेमा थोरै उत्तर लेखिनँ, सबै प्रश्नलाई समान समय दिएँ । लेख्दा बुँदागत रूपमा लेखेँ । निश्चित ढाँचामा उत्तर लेखेँ जसले गर्दा उत्तर हेर्दा आकर्षक र पढ्दा सिलसिलेवार हुन्थ्यो ।

मैले शाखा अधिकृत तयारी गर्दै गर्दा मेरा दुई साथीले नायब सुब्बाको तयारी गर्दै थिए । उनीहरूले नायब सुब्बाको तयारी गरे सफल हुन सकिने, तर एकैपटक अधिकृतमा सफल हुँदैनस् भनेर हतोत्साही बनाउँथे । उनीहरूको जोड मिलेर नायब सुब्बाको तयारी गरौँ भन्ने थियो ।

तर, मैले मानिनँ । त्यसपछि उनीहरूले एउटा कागज नै गरेर तैँले कहिले पनि अधिकृतमा नाम निकाल्न सक्दैनस् भनेका थिए । साथीहरूको त्यही चुनौती अधिकृतमा नाम निकाल्न मेरो प्रेरणाको स्रोत बन्यो ।

तपाईको प्रतिक्रिया