प्रचण्ड भन्छन् - सरकारले गर्व गर्न लायक काम गरेकाे छ  - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रचण्ड भन्छन् – सरकारले गर्व गर्न लायक काम गरेकाे छ 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि सरकारले गर्व गर्न लायक काम गरिरहेको दाबी गरेका छन् । पार्टीभित्रै सरकारको आलोचना भइरहेको बेला प्रचण्डले ऐतिहासिक र गर्वको काम गरेको बताउँदै सरकारको बचाउ गरेका हुन् ।

शुक्रबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको बचाउ गरेका हुन् । कार्यक्रममा उनले चीनसँग ऐतिहासिक पारबहनसम्बन्धि सहमति, छिमेकी मुलुकबाट रेल ल्याउने तयारी, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको बताउँदै मुलुकको आर्थिक विकासमा नयाँ युग प्रवेश गरेको बताए ।

प्रचण्डले सरकारलाई असफल बनाउन र पार्टी एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीले कसरत गरिरहेको दोहो¥याए । बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको भन्दै उनले टिप्पणी गरेका थिए ।

तपाईको प्रतिक्रिया