निर्मलाको शव फेला परेको उखुबारीमा एआइजी बस्न्यातले गरे स्थलगत अध्ययन - Naya Patrika
eNaya Patrika
  • ePaper

निर्मलाको शव फेला परेको उखुबारीमा एआइजी बस्न्यातले गरे स्थलगत अध्ययन

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डमा प्रहरी लापरबाही बारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर पुगेको छ ।

शुक्रबार अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर आइपुगेको हो ।

टोलीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटना बारे जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेको छ ।

कञ्चनपुर प्रहरी प्रमुख कुँवेर कडायतका अनुसार एआइजी बस्न्यातले घटनास्थल र निर्मलाको घर परिवारसँग पनि भेटघाट गरे ।

घटनास्थल पुगेका एआइजी बस्न्यातले निर्मला पन्तको शव फेला परेको स्थानको समेत स्थलगत निरीक्षण गरे ।

सुदूरपश्चिम प्रदेश र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी अधिकृतको टोलीले निर्मलाको किताब, साइकल र शव फेला परेको स्थानमा उनले स्थलगत अध्ययन गरे ।

उनले निर्मलाको बलात्कार पछि हत्याकाण्डका विषयमा सबैसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

यसअघि बस्न्यातले निलम्बनमा परेका तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसीलगायत निलम्बनमा परेका प्रहरी अधिकृत तथा कर्मचारीसँग सोधपुछ गरेका छन् ।

तपाईको प्रतिक्रिया