घाँटी रेटेर महिलाको हत्या - Naya Patrika
eNaya Patrika
  • ePaper

घाँटी रेटेर महिलाको हत्या

सल्यानको शारदा नगरपालिका–८ मार्केको सिमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ । ५५ वर्षीया केवली सुनारको आफ्नै घरमा सुती रहेको अवस्थामा बिहीबार राति धारिलो हतियार छुरीको प्रयोगले घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

श्रीमानको मृत्यु पश्चात मृतक सुनार लामो समय देखि तीन छोराछोरहरुसँग भारतमा बस्दै आएको स्थानीयले बताएका छन् । दशैं मनाउन भनि चार दिन अघि मात्र उनि घर फर्किएकी थिईन् । घटना कसले र किन गराएको भन्ने बारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा सल्यान प्रहरी प्रमुख डिएसपिको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।

हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए । मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको उनले बताए । घटनाको थप विवरण आउन भने बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया