नुवाकाेटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु ४५ घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

नुवाकाेटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु ४५ घाइते

नुवाकोटको राउतबेँसीबाट काठमाडौंका लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस सुर्यगढी गाउँपालिका, ५ छेडीखोलामा दुर्घटना हुँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा नुवाकाेट जिल्लाकाे मञ्चकन्या गाउँपालिकाका ३२ वर्षीय मिनु तामाङ र चितवान मुग्लिन घर भएका ५७ वर्षीय बलराम तिवारी रहेका छन् ।

दुर्घटनामा ४५ जना घाइते भएका छन् । घाइते भएकाहरु मध्ये ४ जनालार्इ हेलिकप्टर र १० जनालार्इ एम्बुलेन्सद्वारा काठमाडौं ल्याइएको छ । बाँकी घाइतेलार्इ त्रिशुली अस्पतालमा उपचार भइरहेकाे नुवाकाेटका प्रहरी एसपी वसन्त बहादुर कुँवरले बताए ।

तपाईको प्रतिक्रिया