बागलुङको गलकोट नगरपालिकाका जेष्ठ नागरिकलाई चाडपर्व खर्च - Naya Patrika
eNaya Patrika
  • ePaper

बागलुङको गलकोट नगरपालिकाका जेष्ठ नागरिकलाई चाडपर्व खर्च

बागलुङको गलकोट नगरपालिकाले आफ्नो नगर भित्र रहेका जेष्ठ नागरिकहरुका लागि चाडपर्व खर्च दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम मार्फत नै जेष्ठ नागरिकहरुको सम्मान स्वरुप चाडपर्व खर्च दिने कार्यक्रम ल्याएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

८५ वर्ष पुगेकाले मात्र दिइने
‘नगर भित्रका जेष्ठ नागरिक मध्ये ८५ वर्ष पुगेका आमा बुबाका लागि हामीले यो कार्यक्रम ल्याएका हौँ ।’ नगरप्रमुख गैरेले भने, ‘समाजको अगुवाका निम्ती नगरपालिकाको यो सानो कार्यक्रम हो ।’ जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर(परिवार प्रणालीमा चलेको हाम्राे समाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्च सम्मान हुने गर्दछ त्यही सम्मान स्वरुप नगरपालिकाले चाडपर्व खर्च दिएको गैरेले बताए । समाजमा कयौं जेष्ठ नागरिकहरु पारिवारीक अपहेलनामा परी चाडपर्वको अवसरमा निकै ठुलो समस्या पर्ने हुँदा यसलाई मध्यनजर गरेर यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

वार्षिक तीन हजार रुपैयाँ
दशैंमा ८५ वर्ष पुगेका सबैै वडाका जेष्ठ नागरिकलाई चाडपर्व खर्च स्वरुप तिन हजार रुपैयाँ वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रमबाट नगर क्षेत्रका करिब २ सय जेष्ठ नागरिक प्रभवित हुने लक्ष्य रहेको नगरपालिकाका प्रशासकिय अधिकृत प्रदिपचन्द सुवेदीले बताए । ‘हामी सबै वडामा सर्वेक्षण गरिरहेका छौं ।’ अधिकृत सुवेदीले भने’, ‘करिब २ सयको लक्ष्य राखेका छौं सर्वेक्षणमा कति भेटिन्छन् त्यही अनुसार हामी वितरण गर्नेछौं । वडा कार्यालयबाट सर्वेक्षणको रिर्पोट आएपछि दशै अगाडि नै रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ’ नगरभित्रका कुनै पनि वर्ग समुदायका व्यक्तिहरु नछुटुन भनी अहिले वडा वडामा सर्वेक्षण भैरहेको सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया