रौतहटमा हतियारसहित ६ जना पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

रौतहटमा हतियारसहित ६ जना पक्राउ

रौतहट प्रहरीले चार भारतीय र दुई नेपालीलाई हतियारसहित पक्राउ गरेको छ । प्रहरी उनीहरुको साथबाट चाइनिज पेस्तोल र केही म्याग्जिन बरामद गरेको छ । बिहीबार राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब निरीक्षक कृष्णकुमार बस्नेत नेतृत्वको टोलीले परोहा नगरपालिका ८ मोतिपुर नजिक दशगजा क्षेत्रमा गाँजा सेवन गर्दै बसेको अवस्थामा घेरा हाली पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका -१ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया