अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने : गृहमन्त्री थापा - Naya Patrika
eNaya Patrika
  • ePaper

अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुबैको संयुक्त प्रयास अनिवार्य रहेको बताए । शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन मदिरा सेवन मुख्य कारण रहेकोे बताउँदै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए । ७० प्रतिशतभन्दा बढि महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुबैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दावी बताए । उनले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुःखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताए ।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढने दृढता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया