गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज सेवा सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज सेवा सुरु

गजुरी गाउँपालिकाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज सेवा सुरु भएको छ । मर्चरी सेवा शुरु भएसँगै दुर्घटनाका क्रममा मृत्युवरण पश्चात पोष्टमार्टम गर्न र सनाखत नहुदाँका शवहरु स्वास्थ्य संस्थामा सामान्य अवस्थामा राख्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

गजुरी गाँउपालिकाले करिब नौ लाख रुपैयाँ खर्च गरेर सुरु गरेको मर्चरी फ्रिज गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । संघीय सांसद भुमीप्रसाद त्रिपाठीले मर्चरी फ्रिजको शुभारम्भ गर्दै गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हाइवे ट्रमा सेन्टरका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

स्वास्थ्य केन्द्रमा वेवारिसे शवहरु सामान्य अवस्थामा हप्तौसम्म राख्दा दुर्गन्ध फैलिएर स्थानीयहरुलाई असर गर्ने भएर र्मचरी फ्रिज ल्याएको गाँउपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताईन । मर्चरी फ्रिज सेवा अति आवश्यक भएकाले जिल्लामै पहिलो पटक सुरु गरेको र उक्त फ्रिजमा दुईवटा सम्म शव राख्न सकिने उनले बताइन् ।

तपाईको प्रतिक्रिया