प्रधानमन्त्री निवासको मुलगेट अगाडि मानव अधिकारकर्मीकाे धर्ना - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रधानमन्त्री निवासको मुलगेट अगाडि मानव अधिकारकर्मीकाे धर्ना

मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मुलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन् । बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनु परेको मानव अधिकारकर्मी कपिलदेव श्रेष्ठले जानकारी दिए । उनले दैनिक रुपमा बढदै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश व्यक्त गरे ।

तपाईको प्रतिक्रिया