सुशासन कायम गर्न वर्तमान सरकार 'फेलियर' भयो : कांग्रेस नेता पौडेल - Naya Patrika
eNaya Patrika
  • ePaper

सुशासन कायम गर्न वर्तमान सरकार ‘फेलियर’ भयो : कांग्रेस नेता पौडेल

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले शुसासन कायम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार नवलपरासी पूर्वको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले शुसासनको मामिलामा सरकार फेलियर भएको बताए । ठूला ठूला काण्डमा सरकार आफै फसेको बताउदै उनले वाईड बडी जहाज खरिदमा अर्बैको घोटालामा भएको आरोप लगाए । उनले एनसेलले गरेको कर छलीदेखि लिएर बुढीगण्डकीको खर्बाैको योजना बिना प्रतिस्पर्धा विदेशीलाई दिएको भन्दै शुसासन र राष्ट्रवाद के हो भन्ने प्रश्न उठाएका छन् ।

साथै उनले सरकारले विकासको प्राथमिकता छुट्टाउन नसकेर प्रचारबाजी मात्र गर्ने काम गरको आरोप लगाए । साथै उनले कांग्रेसले प्रतिपक्षको भुमिका निभाउन नसकेको स्वीकादै सुध्रन जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया