थेबाको अखण्ड आलाप सार्वजनिक - Naya Patrika
eNaya Patrika
  • ePaper

थेबाको अखण्ड आलाप सार्वजनिक

‘यो देशको सत्ता मात्र एकल जातीय छैन कि कला र साहित्य पनि एकल जातीय छ, साहित्यमा प्रयोग हुने विम्ब र मिथ पनि एकल जातीय छ,’ अखण्ड आलाप विमोचनमा कवि भूपाल राईले बोलिरहँदा काठमाडौंस्थित मण्डला थिएटरको दर्शकदीर्घा तालीले गड्गडयो ।


कवि राई यतिमै रोकिएनन् । उनले नेपाली साहित्यमा सिन्डिकेट हाबी भएको बताए । लेखक राजेन्द्र महर्जनले मुक्तानका कवितामा शक्ति र प्रतिरोधको विम्ब धेरै आएको बताए । कवि निभा शाहले मुक्तानका कविता वैचारिक रूपमा सशक्त भएको बताइन् । कवि थेबाको यसअघि तामाङ भाषाको कवितासंग्रह ‘काकलिङ’ प्रकाशित छ ।

तपाईको प्रतिक्रिया