सडक निर्माण गर्दा धुलोले बस्ती अध्याँरो भएपछि टिपर नियन्त्रणमा - Naya Patrika
eNaya Patrika
  • ePaper

सडक निर्माण गर्दा धुलोले बस्ती अध्याँरो भएपछि टिपर नियन्त्रणमा

महोत्तरीमा निर्माणाधिन सडकमा अत्यधिक धुलो उढेपछि सडक छेउका बासिन्दाले टिपर नियन्त्रणमा लिएका छन् ।

हुलाकी सडक अन्तर्गतको सम्सी गौशाला माईस्थान सडकमा उत्यधिक धुलो उडेकोले बारम्बार ठेकेदारलाई पानी हाल्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर टिपरलाई नियन्त्रणमा लिएको स्थानीयले बताए । जिल्लाको सम्सी गाउँपालिका २ पर्सा देवाडका बासिन्दाले सडक अवरुद्ध गर्दै टिपर नियन्त्रणमा लिएका हुन् ।

देवाडका बस्ती समय समयमा धुलोले अन्धकारनै हुने गरेको थियो । अधिकांश मानिसमा खोकी तथा स्वास प्रश्वास सम्बन्धी समस्या आएपछि सरोकारवाला निकायसम्म समस्या सुनाउँदा वास्ता नगरेको कारण टिपर नियन्त्रणमा लिन बाध्य भएको स्थानीय शेष इस्लामले बताए । धुलो नियन्त्रणको अन्य विकल्प ननिकाले सम्म टिपर सञ्चालन गर्न नदिने स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया