अपडेट : सिन्धुली बस दुर्घटना, १ जनाको शव निकालियो, पाँच घाइतेको उद्धार - Naya Patrika
eNaya Patrika
  • ePaper

अपडेट : सिन्धुली बस दुर्घटना, १ जनाको शव निकालियो, पाँच घाइतेको उद्धार

सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुलीकै मरिण गाउँपालिकादेखि काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रहरीका अुनसार १ जनाको शव निकालिएको छ भने पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि सिन्धुली सदरमुकाम लगिएको छ । गाडीको पूर्ण भाग पानीमा डुबेकोले मृतको संख्या बढ्न सक्ने उद्धारमा खटिएका प्रहरीको अनुमान छ ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया