दुर्घटनामा परेका शिक्षकलाई उपचार खर्च सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

दुर्घटनामा परेका शिक्षकलाई उपचार खर्च सहयोग

मोटरसाइकल दुर्घटनामा परेर उपचारत शिक्षकलाई नेपाल सामुदायिक उच्च मा.वि. शिक्षक युनियनले आर्थिक सहयोग गरेको छ ।

शिक्षक युनियनका बरिष्ठ उपाध्यक्षसमेत रहेका ५६ वर्षीय शिक्षक बाबुनाथ यादवको घरमै पुगेर युनियनले थप उपचारका लागि बिहीबार ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । युनियनका अध्यक्ष ज्ञानप्रसाद भट्टराई, महासचिव प्रल्हाद गौतम, निवर्तमान अध्यक्ष डिल्लीराम सिग्देलसहित केन्द्रीय पदाधिकारीहरुको टोलीले चेक हस्तान्तरण गरेको हो ।

सिरहाको गोलबजारस्थित जनता मा.वि.को कक्षा ११ र १२ मा अर्थशास्त्र विषय पढाइरहेका यादव गत असार ३ण् गते सिरहा जाने क्रममा सिरहा– चोहर्वा सडकखण्डको गुलरियामा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका यादव विराटनगस्थित न्यूरो अस्पतालमा उपचार गरेपछि हाल घरमै आराम गरेर बसिरहेका छन् । ‘दुर्घटनापछि अध्यापन कार्य पनि छुटेको र घरमा आम्दानीको अन्य श्रोत नभएकोले उनको थप उपचारका लागि आर्थिक सहयोग गरिएको’ अध्यक्ष भट्टराइले बताए ।

तपाईको प्रतिक्रिया