सिन्धुलीको रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खस्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

सिन्धुलीको रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खस्यो

सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । काठमाडौंदेखि बर्दिबास जाँदै गरेको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय पुगिसकेका छन् । स्थानीयका अनुसार सात जनाको शव देखिएपनि कतिको मृत्यु भएको हो भन्ने एकिन हुन सकेको छैन ।

गाडीको पाटपुर्जा टुक्रा टुक्रा भएकोले गाडी नम्बर कति हो भन्ने पत्ता लाग्न नसकेको प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया