दसैँमा बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेरिने - Naya Patrika
eNaya Patrika
  • ePaper

दसैँमा बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेरिने

सर्वोच्च अदालतलगायत देशभरका अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणका लागि मात्रै इजलास खोल्ने भएका छन् ।

अदालतमा अन्य मुद्दाको पेसी भने घटस्थापनाको दिनदेखि नचढेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । बिदामा अदालत सञ्चालन नगर्ने परिपाटी धेरै समयदेखि रहेको उनको भनाइ छ ।

अनधिकृत रूपमा थुनामा रहेका बन्दी र आफ्नो सजाय अवधि पूरा भएका कैदीबन्दीलाई फुकुवा गर्न मात्रै अदालतले इजलास खोल्ने गरेको छ । त्यस्ता मुद्दामा अदालतले बेन्च गठन गर्ने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया