स्वास्थ्यका लागि अमला लाभदायी - Naya Patrika
eNaya Patrika
  • ePaper

स्वास्थ्यका लागि अमला लाभदायी

अहिले अमलाको सिजन छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । खासगरी अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल पनि हो । अमला भिटामिन सीको ठूलो स्रोत हो, जसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि एक अचुक औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ ।

भिटामिन सीको कमी पूरा
भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ । यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ ।

सेतो पानी बग्ने समस्याबाट छुटकारा
महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पु¥याउँछ ।

कब्जियतबाट बचाउँछ
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ ।

दाँतलाई चम्किलो बनाउन
अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया