महिन्द्रा टु ह्विलरको नेपालगन्जमा सोरुम - Naya Patrika
eNaya Patrika
  • ePaper

महिन्द्रा टु ह्विलरको नेपालगन्जमा सोरुम

अग्नि मोटो इन्कले महिन्द्रा टु ह्विलरको लागि नेपालगन्जको कारकादोमा सोरुम स्थापना गरेको छ । कारकादोमा रहेको ग्रेस एन्ड ग्लोबल ट्रेडिङ प्रालिको उद्घाटनपछि यस क्षेत्र तथा आसपासका ग्राहकले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पाट्र्ससम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

कम्पनी केबल सवारी बिक्री गर्न मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पाट्र्सको सर्वसुलभता तर्फ पनि विशेष केन्द्र्रित रहेको अग्नि मोटो इन्कले जनाएको छ । नयाँ सोरुममा दसैँ, तिहार तथा छठको अवसरमा ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ नामक योजना लागू हुनेछ ।

यस योजनाअन्तर्गत हरेक महिन्द्रा टु ह्विलरको खरिदकर्ताले स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त स्क्र्याच कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । नेपालभर लागू गरिएको यस येजनाअन्तर्गत न्यूनतम २ हजार ७५ रुपैयाँमा महिन्द्रा टु ह्विलर खरिद गर्न सकिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया