के हो बाथरोग ? - Naya Patrika
eNaya Patrika
  • ePaper

के हो बाथरोग ?

-मानिसमा युरिक एसिड वृद्धि भयो भने बाथरोग लाग्न सक्छ ।

-आफ्नो अघिल्लो पुस्ताको बुबा, आमा, हजुरबुबा, हजुरआमाहरूमा बाथरोग छ भने पछिल्लो पुस्तालाई पनि यो रोग लाग्न सक्छ ।

-विभिन्न कारणले हाडजोर्नीमा इन्फेक्सन भयो भने पनि बाथरोग देखा पर्छ ।

-शरीरमा भएको जिनको कारण पनि बाथरोग लाग्न सक्छ ।

-यसले हातखुट्टा कक्रिएर हिँडडुल नै गर्न नसक्ने अवस्थाको सिर्जनासमेत गर्छ ।

-जोर्नीको स–सानो भाग दुख्नु, बिहान उठ्दा हातखुट्टा कक्रिने हुनु, बिहान उठेको एक घन्टासम्म पनि हात मुठ्ठी पार्न नहुने हुनु, एक्सरे गर्दा हाडजोर्नीको वरिपरि खिइएको देखिनु बाथरोगका लक्षण हुन् ।

-युरिक एसिडका कारण शरीरको कुनै एक वा बढी भागमा पीडा सुरु हुन सक्छ ।

-बिहान उठेपछि हातगोडा चिसो हुने, पैताला पोल्ने, हातखुट्टा झमझमाउने आदि हुन्छ । बाथरोगको सुरुको अवस्थामा जोर्नी सुन्निने, दुख्ने समस्या बढी हुन्छ ।

तपाईको प्रतिक्रिया