६० प्रतिशतसम्म छुट दिँदै सिटिसी मोबाइल हब सञ्चालनमा - Naya Patrika
eNaya Patrika
  • ePaper

६० प्रतिशतसम्म छुट दिँदै सिटिसी मोबाइल हब सञ्चालनमा

सुन्धारामा रहेको सिटिसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निःशुल्क पार्किङसहित राजधानीका मोबाइल पारखीका लागि सिटिसी मोबाइल हब सञ्चालनमा ल्याइएको हो ।

मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनि दिने लक्ष्यसहित कम्पनीले दसैंँ धमाका मोबाइल मेलाको घोषणा गरेको छ । असोज ३१ गतेसम्म सञ्चालन हुने दसै‌ धमाकाका साथै ‘अफरभित्र पनि अफर’ नामक मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । साथै, हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

अफरअन्तर्गत एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिनुका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने कम्पनीले जनाएको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रान्डका मोबाइल वितरण गरिने जनाइएको छ ।

सबैभन्दा धेरै ब्रान्ड, सबैभन्दा धेरै भेराइटी समेटेको दाबी गर्दै मोबाइल हबले विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका मोबाइल फोन उपलब्ध गराएको जनाएको छ । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्रान्डका ल्यापटप पनि सिटिसी मोबाइल हबमा उपलब्ध छ ।

 

तपाईको प्रतिक्रिया