विश्वज्योति मलमा दसैँ–तिहार सुपर अफर - Naya Patrika
eNaya Patrika
  • ePaper

विश्वज्योति मलमा दसैँ–तिहार सुपर अफर

जमलमा रहेको विश्वज्योति मलमा दसैँ–तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ । नजिकिँदै गरेको चाड–पर्वलाई लक्षित गरी मलले यस्तोे योजना सञ्चालनमा ल्याएको हो । योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

कात्तिक ३० गतेसम्म चल्ने उक्त योजनामा एक हजार रुपैयाँभन्दा माथिको सामानको खरिदमा ग्राहकले लक्की कुपन प्राप्त गर्ने जनाइएको छ । उक्त कुपनका आधारमा मलमा सपिङ गर्ने ग्राहकलाई गोलाप्रथाबाट साप्ताहिक रूपमा विभिन्न उपहार प्रदान गरिने मलले जनाएको छ । साथै, बम्पर उपहारमा टिभिएसको जुपिटर स्कुटर राखिएको छ । योजनामा भाग्यशाली विजेताले दुबई टुरको अवसरसमेत पाउने छन् ।

साप्ताहिक उपहारमा गोदरेजको वासिङ मेसिन, रेफ्रिजेरेटर, टिभी, माइक्रो ओभन, मोबाइल फोन, विभिन्न घरायसी सामग्रीका साथै सपिङ भौचर, लञ्चकुपनलगायत अन्य आकर्षक उपहार प्राप्त गर्न सक्ने मलले जनाएको छ ।

विश्वज्योतिमलमा ब्रान्डेड लुगा, सर्टिङ सुटिङ, महिलाका गरगहना तथा बुटिक र बाल–बालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स सामान, गार्मेन्ट, घडी, चस्मा, रेस्टुरेन्ट, लाउन्च, ब्युटिपार्लर, कफिसप, टार्भल एजेन्सी, बुटिक, फिटनेस स्टुडियोलगायतका ४० भन्दा बढी स्टोर सञ्चालनमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया