ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

मोरङको बेलबारी नजिकै रहेको बेतना सिमसार क्षेत्रमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले विपरित दिशातिर गइरहेको को १२ प ९६८२ को मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटनामा बेलबारी ११ बस्ने वर्ण बहादुर राई र सोही वडाका मनकुमार राईको मृत्यु भएको अस्थाई ट्राफिक पोस्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले जानकारी दिए । दुवै जनाको उपचारका क्रममा बिपि कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख श्रेष्ले बताए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार रहेका छन ।

तपाईको प्रतिक्रिया