प्रहरी दिवसको अवसरमा तीन विद्यार्थी पुरस्कृत - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रहरी दिवसको अवसरमा तीन विद्यार्थी पुरस्कृत

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । ‘महिला हिंसा नियन्त्रणमा प्रहरीको भूमिका’ विषयमा भएकाे जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगितमा प्रथम हुने संकट मोचन उच्च माविकी आँसु चौधरी, दोस्रो हुने वटेश्वर माविका रोशन कुमार महतो र तेस्रो हुने वहर्वाको वासुदेव उच्च माविकी सोनी राउतलाई पुरस्कृत गरिएको हाे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले विजयी भएका विद्यार्थीलाई नगदसहित प्रमाणपत्र वित्तरण गरेका थिए । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले प्रहरीले समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई रोक्न सधैभरि लागि पर्ने बताए ।

तपाईको प्रतिक्रिया