पाकिस्तानमा घर भत्किदा आठ बालबालिकाको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

पाकिस्तानमा घर भत्किदा आठ बालबालिकाको मृत्यु

पाकिस्तानमा बिहीबार एउटा घर भत्किदा कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ ।पाकिस्तानको सिन्ध प्रान्तअन्तर्गत पर्ने सुख्खुरमा घर भत्किदा नजिकै चौरमा खेलिरहेका बालबालिकाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएकाे छ ।

घटनामा परी अन्य चार बालबालिका घाइते भएका समाचारमा जनाइएको छ । घर भत्किए लगत्तै स्थानीय बासिन्दाले बालकालिकाहरूलाई निकालेर अस्पतालमा पुर्‍याएका थिए । तीमध्ये आठ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृत्यु भएका मध्ये छ जना बालक र दुई जना बालिका छन् । उनीहरु सबै १२ वर्षभन्दा कम उमेर भएको समाचारमा जनाइएको छ । घटनामा परी घाइते भएकाहरुको अहिले उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । सिन्ध प्रान्तका मुख्य मन्त्री सिद मुराद अलि शाहले घाइतेहरुलाई पर्‍याप्त स्वास्थ्य सेवा पुर्‍याउन निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया